रसायनिक मल बिक्रीवितरणमा हुनसक्ने कालाबजारी तथा दुरुपयोग रोक्ने सम्बन्धमा

हालै संचार माध्यम मार्फत प्रदेश १ का केही ठाँउहरुमा सहकारी संस्थाहरु मार्फत सरकारले उपलब्ध गराएको अनुदानको रसायनिक मल अत्याधिक महँगो मुल्यमा अनाधिकृत ब्यक्तिहरुलाई बिक्रिवितरण गरिएको जानकारी प्राप्त भएकोछ । हाल कृषि समाग्री कम्पनी तथा साल्ट ट्रेडिङ्ग कर्पोरेसन मार्फत रसायनिक मल बिक्रेताको अनुमति पाएका तथा उनीहरुका अधिकारिक डिलरसिप लिएका सहकारी संस्थाहरु र स्थानिय तहले उपलब्ध गराउने ढुवानी अनुदानको मल ढुवानी गर्ने ढुवानिकर्ताहरु मार्फत मात्र रसायनिक मल उपलब्ध गराउदै आइरहेकोछ ।

प्रदेश १ का सहकारी संस्थाहरुलाइ रसायनिक मल आपुर्ति स‌ंवन्धी सुचना:

प्रदेश १ का सहकारी संस्थाहरुलाइ रसायनिक मल आपुर्ति स‌ंवन्धी सुचना:

कृषि सामाग्री कम्पनि लि. र साल्ट ट्रेडिङ्ग कर्पोरेसानबाट डिलरसिप लिई आफना सदस्यहरु तथा अन्य किसानहरुलाई रसायनिक मलको आपुर्ति गरिरहेका सहकारी संस्थाहरुले आफनो डिलरसिप भएका मल आपुर्तिकर्ताहरुसंग सिदै संपर्क गरि आफुले मल पाउने मितिको जानकारी लिनहुन र आफनो पालोमा गई मल लिनहुन जानकारी गराइन्छ ।