आर्थिक वर्ष

अत्यावश्यक सूचना

कोरोना भाइरसको बढ्दो प्रकोपका कारण स्थानिय प्रशासनले आज मिति २०७८/०१/२४ शुक्रबार राति देखि मोरङ्ग जिल्लाभरी नै आवतजावतमा रोक लगाउदै निषेधाज्ञा जारि गरेकोछ । यसरी नै भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यस अन्तर्गतका बिभिन्न कार्यालयमा कर्मचारीहरु पनि कोरोना संक्रमित भएकोले  कर्मचारीहरु तथा सेवाग्राहिहरुको सुरक्षालाइ मध्येनजर गर्दै यस मन्त्रालयमा कर्मचारीहरु तथा सेवाग्राहीहरुको आवतजावतलाई अर्को ब्यवस्था नभएसम्मको लागि सिमित गरिएकोछ । मन्त्रालयसंग अति आवश्यक काम पर्दा निम्नलिखित फोन नम्बरहरुमा संपर्क गरेर मात्र मन्त्रालय आउनहुन सर्वसाधारण सबैको लागि यो सुचना प्रकाशित गरिएकोछ । बिषम परिश्थितिका कारण उत्पन्न यो कठिनाइको लागि मन्त्रालय क्षमाप्रार्थि छ । हामीले सकेसम्म मन्त्रालयले गर्नुपर्ने कामहरुमा सहजिकरण गर्ने कोशिश गर्नेछौ ।

कृषि तर्फको कार्यक्रम तथा मन्त्रालयबारे जानकारीको लागि : डा. राजेन्द्र उप्रेती, मोवाइल नं. ९८५२०७०३०१

पशुपालन संवन्धि कार्यक्रमहरुको लागि : डा. पशुपती ढुङ्गाना, मोवाइल नं. ९८५२०७०३०३ (कुमारसिंह खत्री, मोवाइल नं. ९८५२०२१४२०) 

योजना तथा अनुगमन कार्यको लागि : पशुपती पोखरेल, मोवाइल नं. ९८५२०७०३०२ 

 

प्रवक्ता

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १, बिराटनगर