अार्थिक वर्ष

प्रदेश १ का सहकारी संस्थाहरुलाइ रसायनिक मल आपुर्ति स‌ंवन्धी सुचना:

कृषि सामाग्री कम्पनि लि. र साल्ट ट्रेडिङ्ग कर्पोरेसानबाट डिलरसिप लिई आफना सदस्यहरु तथा अन्य किसानहरुलाई रसायनिक मलको आपुर्ति गरिरहेका सहकारी संस्थाहरुले आफनो डिलरसिप भएका मल आपुर्तिकर्ताहरुसंग सिदै संपर्क गरि आफुले मल पाउने मितिको जानकारी लिनहुन र आफनो पालोमा गई मल लिनहुन जानकारी गराइन्छ ।

प्रतिकुल परिस्थितिका कारण प्रत्येक दिन ५ देखि ६ वटा सहकारीहरुलाई मात्र मल उपलब्ध गराउने ब्यहोरा अनुरोध छ । त्यसकारण कृषि सामाग्री कम्पनि लि. र साल्ट ट्रेडिङ्ग कर्पोरेसानमा संपर्क राखि आफनो पालोमा मल लिनुहोला ।

मल आपुर्तिको लागि यस अगाडि भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट दिने गरेको सिफारिसको अब आवश्यकता नभएको ब्यहोरा निर्देशानुसार जानकारी गराइन्छ । पहाडि जिल्लाका सहकारीहरुले बिगतमा अपनाइरहेकै प्रकृया अनुसार गर्नहुन अनुरोध छ ।।